आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

श्री देवी बालसुधार मा. वि. को ४६ औँ वार्षिक उत्सव सम्पन्न

गोकर्णेश्वर खबर३० भाद्र २०८१, आईतवार ०८:०५ मा प्रकाशित (२ महिना अघि) २३९ पाठक संख्या
गोकर्णेश्वर न.पा.-३ बालुवा, सुन्ताखान पिपलबोट अबस्थित श्री देवी बालसुधार माध्यमिक विद्यालयको ४६ औं वार्षिक उत्सव समारोहमा सम्पन्न भएको छ ।
संघीय सांसद अर्थ समितिका सभापति माननीय सन्तोष चालिसे
– नेपालमा गरि खाने शिक्षाको आवश्यकता छ। प्रमाणपत्रको शिक्षा होइन ।विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा दिई विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउनु पर्छ भनेर बताउनुभयो।
नगर प्रमुख दिपक रिसाल
– जग्गा प्रदान गरिएकोमा रत्न भट्टलाई धन्यवाद दिदै संघीय सरकार र स्थानीय सरकारले समुदाय विद्यालयलाई ४/५ करोडकाे योजना परेका छन् ।भौतिक संरचना पूर्वाधारको लागि नगरपालिका तयारी अवस्था रहेको छ। शैक्षिक गुणस्तरीय हुनुपर्छ ।विद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षा दिई विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउनु पर्छ र यसबाट नै वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा प्राप्त हुन्छ । शिक्षाकाे हव बनाउनु पर्छ भनेर बताउनुभयो।
नगर उप प्रमुख सान्नानी लामा :
– विद्यार्थीहरु भविष्य र उच्च शिक्षाको लागि विदेशमा अध्ययन गर्न जाने गरेका छन् । यसको एउटै कारण मुलुकको शिक्षाको गणस्तरमाथिको प्रश्न, सिप तथा क्षमताको अभाव अनि व्यावहारिकतालाई बेवास्ता गरिनु हो । मोबाइल प्रति आकर्षकले विद्यार्थीहरुको पढाइमा प्रभाव धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्न पाठ्यक्रम शिक्षाको आवश्यक रहेको बताएका छन् ।विद्यालयको ज्ञानसँगसँगै कृषि शिक्षा दिने उद्देश्यले व्यवहारिक शिक्षा विद्यार्थीलाई सैद्धान्तिकसँगै जीवन उपयोगी ज्ञानमा पनि दक्ष बनाउने अपेक्षा गर्न सकिन्छ । बन्दै बताउँनु भयो।
 
श्री देवी बालसुधार माध्यमिक विद्यालय रहेको भवन तथा खेलमैदानले चर्चेको सम्पूर्ण जग्गा विद्यालयलाई प्रदान गरि यस विद्यालयको संरक्षण शैक्षिक भौतिक उन्नयनमा कर्तव्य विष्ट भई महत्वपूर्ण योगदान पु-याउनुभएकोमा यहाँको कार्यको उचित मुल्याकन गर्दै विद्यालयको ४६ औ वार्षिक उत्सवको अवसरमा श्री रत्न भट्ट लाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । विद्यालयले जग्गादान गर्ने जग्गादातालाई सम्मान गरेको छ। नव सुन्ताखान विद्यालयबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। उत्कृष्ट जिपिए नतिजा ल्याउने विद्यार्थी र बिषयगत उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई प्रमुख अतिथि बाट सम्मान पत्र प्रदान गरिएको छ।
 उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद अर्थ समितिका सभापति सन्तोष चालिसे बिशिष्ट अतिथि नगर प्रमुख दिपक कुमार रिसाल ,नगर उप प्रमुख सान्नानी लामा अतिथि वडा सदस्य लक्ष्मी भण्डारी, वडा सदस्य सचिन लामा लगायत समाजसेवी राजनीतिक प्रतिनिधि व्यक्तित्वहरु शिक्षाक र विद्यार्थीहरु सहभागिता जयराम बिष्टको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो।