आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न

गोकर्णेश्वर खबर१९ भाद्र २०८१, बुधबार १८:३५ मा प्रकाशित (२ महिना अघि) २०३ पाठक संख्या

काठमाडौं, गोकर्णेश्वर। भर्सटाइल डान्स स्टुडियो द्वारा आयोजित भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न भएको छ।

नृत्य प्रतियोगितामा दुई समूहमा सिनियर र जुनियर ४४ जना सहभागिता रहेको थियो । सिनियरमा १५ जना र जुनियरतर्फ २९ जना कोरियोग्राफर लगायत सहभागिता रहेको थियो ।

प्रतियोगितामा सिनियर प्रथम सुदिप तामाङ कोरियोग्राफर निशान राई द्वितीय टीका माया तामाङ कोरियोग्राफर लाक्पा लामा तृतीय निकिता सुनुवार कोरियोग्राफर बबिता मगर सान्त्वना युनिशा तामाङ कोरियोग्राफर प्रवेश तामाङ पाँचौ रिन तामाङ कोरियोग्राफर अमृत पहरी र जुनियरतर्फ प्रथम सुबिसन लामा कोरियोग्राफर लाक्पा लामा द्वितीय श्रेय लामा कोरियोग्राफर निरुता तृतीय चिमी ल्हामो शेर्पा कोरियोग्राफर मौनता सान्त्वना प्रकृति लामा कोरियोग्राफर मौनता पाँचौं एन्जेल तामाङ कोरियोग्राफर अशोक ठकुरी भएका थिए ।उहाँहरुलाई प्रमुख अतिथि विशेष अतिथिहरु बाट ट्रफी मेडल र प्रमाण पत्र नगदसहित पुरुषकार प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख सान्नानी लामाले पानसमा दीप प्रज्वलन गरि कार्यक्रम समुद्घान गरेको हो।उक्त कार्यक्रमलाई सफल पर्ने सहयोगीहरु र दिन दुखीहरुको सहयोगी समाजसेवी लीला बहादुर थापा मगर लाई सम्मान गरियो।

उक्त कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख सान्नानी लामा विशेष अतिथि वडा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ अतिथि वडा ८ का वडा सदस्य सुमन लामा, चन्द्र लाल श्रेष्ठ र समाजसेवी राजु सुनार लगायत समाजसेवी राजनीतिक प्रतिनिधि शिक्षाक र विद्यार्थीहरु सहभागिता रहेको थियो ।
यस कार्यक्रममा संयोजक पूर्ण लामा दक्षिणा लामाकाे सभापतित्वमा सर्मिला तामाङ र चुडामणी फुयालले सञ्चालनमा सम्पन्न भएको थियो ।