आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

गोकर्णेश्वर महादेव मन्दिरमा कुशे औंसी, पितृ सम्मान दिवस मनाइँदै [ फोटोफिचर ]

गोकर्णेश्वर खबर१७ भाद्र २०८१, सोमबार ०९:०९ मा प्रकाशित (२ महिना अघि) १६२ पाठक संख्या

काठमाडौं, भदौ १७ गते । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ । यसैले आज ९शनिबार०को औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुलस्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

फोटोफिचर