आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४ को उपाधी दिक्छेन तामाङ र मर्जेन तामाङलाई

गोकर्णेश्वर खबर१६ भाद्र २०८१, आईतवार २१:४८ मा प्रकाशित (१ महिना अघि) ४५ पाठक संख्या

काठमाण्डौ । युथ​ क्रियसनद्धारा आयोजित तामाङ समूदायका  बालबालिकाहरुको प्रतियोगितामुलक सौन्दर्य प्रतियोगिता फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४को  उपाधी दिक्छेन तामाङ र मर्जेन तामाङले जितेका छन् । भाद्र १५ गते  नयाँ बजार सोह्रखूट्टे स्थित सासा बैङ्क्ेटमा आयोजित फिनाले कार्यक्रममा अन्य दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालिका र बालकतर्फ शिर्ष स्थान हासिल गर्दै फेस अफ तामाङ किड्स तामाङ्को उपाधी जितेका हुन् । प्रतियोगिता अन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ फस्र्ट रनर अप र किन्जु डोमा तामाङ् सेकेण्ड रनर अप बन्न सफल रहे भने बालकतर्फ आरोज तामाङ् फस्र्ट रनर अप र सिद्धान्त तामाङ् सेकेण्ड रनर अप बन्न सफल रहे ।

फेस अफ तामाङ किड्सका सहभागीले करिब १ महिना रोजिन शाक्यको फेसन कोरियोग्राफी र डान्स डाईरेक्टर एमबि गुरुङबाट प्रशिक्षण हासिल  गरेपस्चात अन्तिम प्रतिस्पर्धामा भिडेका थिए । अमिता दोङ, सुयोग तामाङ र रञ्जिता तामाङ निर्णायकको भूमिकामा रहेको उक्त कार्यक्रममा पूर्व मन्त्री परशुराम तामाङ प्रमुख अतिथि र मिलन मोक्तान र पञ्चालाल घिसिङ विशेष अतिथिका रुपमा रहनुभएको थियो । सोही अवसर माझ तामाङ समुदाय साथै राष्टिय आयामका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रशिक्षणसँगै सामाजिक एवम् साँस्कृतिक गतिविधिमा सकृय रहने क्रममा जनैपूर्णिमाक‍ो अवसरमा फेस अफ तामाङ किड्सका सहभागी बालबालिकाहरुले  बौद्धमार्गीहरुको पवित्र धार्मिक स्थल स्वयम्भूमा निःशुल्क पानी वितरण गरेका थिए भने स्वयम्भूको अवलोकन गरि तामाङ कूताब धिममा तामाङ परिकार खानपिनसँगै गर्नुका साथै बरिष्ठ गायक तथा तामाङ डाजाङका अध्यक्ष  फुल कूमार ब‍ोम्जनद्वारा तामाङ भाषा लिपी रिमठिमको बारेमा जानकारी हासिल गरेका थिए ।  युथ कृयशन नेपालद्वारा आयोजित  फेस अफ तामाङ किड्स २०२४ मा सहभागीहरुलाई नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रतिष्ठानका सचिव  तथा ओख्रेनी मा।वि। गोकर्णेश्वर नगरपालिका १, सुन्दरीजल काठमाडौकी शिक्षिका रुवी लामाले तामाङ भाषाका वर्णमाला किताबहरू उपहार स्वरूप प्रदान गर्नुभएको थियो । उहाँले सहभागीहरुले तामाङ मातृभाषाको परिचय, महत्व , संरक्षण र सम्बर्द्धनको विषयमा विशेष जानकारी पनि गराउनु भएको थियो ।
सहभागी बालबालिकाको बौद्धिक सुन्दरता र प्रतिभालाई समाजमा स्थापित गर्न र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्ने उदेश्यसहित फेस अफ तामाङ किड्स आयोजना गरिएको  युथ​ क्रियसनका प्रमुख रवि लामा तामाङले जनाएका छन् ।