आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

भारतकी युवा राज्यमन्त्री शिक्षण अस्पतालमा

गोकर्णेश्वर खबर८ भाद्र २०८१, शनिबार १४:१३ मा प्रकाशित (२ महिना अघि) ११६ पाठक संख्या

काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकलाई भेटेकी छन् । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न आज काठमाडौं आएकी उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएकी हुन् ।

उनीसँगै गृहमन्त्री रमेश लेखक पनि शिक्षण अस्पताल पुगेका छन् ।

पोखराबाट काठमाडौंतर्फ आइरहको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको थियो । प्रहरीका अनुसार उक्त बसमा ४३ यात्रा गरिरहेका थिए ।
काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकलाई भेटेकी छन् । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न आज काठमाडौं आएकी उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिएकी हुन् ।

उनीसँगै गृहमन्त्री रमेश लेखक पनि शिक्षण अस्पताल पुगेका छन्