आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?

गोकर्णेश्वर खबर१ भाद्र २०८१, शनिबार १९:०० मा प्रकाशित (१ महिना अघि) ५२ पाठक संख्या

काठमाडौँ । भ्वाइस किड्स’ सिजन-३ को ग्राण्ड फिनाले आज हुँदै छ । भ्वाइस किड्स’को आफ्नै स्टुडियोमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। आज राती हुने फिनालेमा आठ जना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ ।

चार जना कोचका दुई-दुई जना उपाधिका लागि भिड्दैछन् । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट रिञ्जिन डोल्मा लामा  र समीक्षा धिताल फाइनलिस्ट छन् ।
कोच छेवाङ लामाको टिमबाट छेसाङ तामाङ र द्वितिका प्रधान फाइनलिस्ट छन् भने कोच मेलिना राईको टिमबाट आयुष लामा र सिमला धिताल फाइनलमा भिड्नेछन् ।

‘भ्वाइस किड्स’को ग्राण्ड फिनाले बेलुका ८ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ