आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

गोकर्णेश्वर – १ स्थित सुन्दरीजल घट्टेखोलामा एक युवक मृत फेला

गोकर्णेश्वर खबर२५ श्रावण २०८१, शुक्रबार १३:१४ मा प्रकाशित (२ महिना अघि) ४७९ पाठक संख्या

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घट्टेखोला नजिकै एक युवकको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
सुन्दरीजल घुम्न गएको अवस्थामा बिहीबार साँझ घट्टेखोलामा खसेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्व समेतबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।