आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो(तस्बिरहरू)

गोकर्णेश्वर खबर२० श्रावण २०८१, आईतवार १९:५३ मा प्रकाशित (२ महिना अघि) १४० पाठक संख्या

काठमाडौं– वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।
मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइएपछि भोटो देखाउने चलन छ।

भोटो देखाउने जात्रा हेर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लगायत उच्च पदस्थहरू पुगेका थिए।

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले पनि यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहिआएको छ ।