आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

बल्खु पुलमुनी एकजना पुरूषको शव फेला पर्यो

गोकर्णेश्वर खबर१६ श्रावण २०८१, बुधबार १२:१७ मा प्रकाशित (२ महिना अघि) १६२ पाठक संख्या

काठमाडौ । काठमाडौको बल्खु पुलमुनी आज बुधबार बिहान अन्दाजी ७ः२७ बजे एक जना पुरूषको शव फेला परेको छ ।
मृतक बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतो भएको जानकारी प्रहरीले दिएको । अड्किएको अबस्थामा रहेको उक्त शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको हो । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् । घटनाको अनुसन्धान भईरहेको छ ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी(खोला किनारा डुबानमा परेको छ । बल्खुस्थित तरकारी बजार र सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ । बाढी पसेसँगै सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन् ।