आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

बागमती सरकारमा बिमल ठकुरी संस्कृति मन्त्री बन्दै

गोकर्णेश्वर खबर१० श्रावण २०८१, बिहीबार १९:२२ मा प्रकाशित (२ महिना अघि) ३५४ पाठक संख्या

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालेले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य  बिमल ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट चार मन्त्री विस्तार गरेका हुन् ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीलाई जिम्मेवारी दिइएको हो ।

अहिले बागमती प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहणको तयारी भइरहेको छ ।

नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा एमालेले ६ वटा मन्त्रालय पाएको छ भने काँग्रेसले मुख्यमन्त्री सहित ७ मन्त्रालय पाएको हो ।