आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

गोकर्णेश्वर खबर८ श्रावण २०८१, मंगलवार १६:२१ मा प्रकाशित (२ महिना अघि) १३३ पाठक संख्या

काठमाडौं– दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४(२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ हो ।

यो अनुदान त्यहाँको चालु आर्थिक वर्षमा उपलब्ध गराइएको भन्दा ५० करोड भारु (८ करोड रुपैयाँ) ले बढी हो । नयाँ बजेट पेश गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सहायताबारे जानकारी दिइन्‌ ।
चालु आर्थिक वर्षमा भारतले नेपाललाई अनुदानबापत ५५० करोड रुपैयाँ छुट्याएको थियो । बजेट संशोधन क्रममा वित्तमन्त्री निर्मलाले एक अर्ब रुपैयाँ थपेकी थिइन्‌ । अघिल्लो आर्थिक वर्ष २०२२(२३ मा भारतले बजेटमार्फत नेपालका लागि ४ अर्ब ३४ करोड २७ लाख रुपैयाँ अनुदान घोषणा गरेको थियो ।

भारतले पाकिस्तान बाहेक सीमा स्थल तथा जल सीमा जोडिएका छिमेकीहरूलाई वर्षेनी बजेटमा अनुदान छुट्याउने गरेको छ । आफ्नै सुरक्षा छाताभित्र रहेको भुटानलाई भारतले अन्य छिमेकीलाई भन्दा बढी अनुदान दिने गर्छ ।