आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

देउवा–ओली बीचको सातबुँदे सहमतिमा के छरु (पूर्ण पाठ)

गोकर्णेश्वर खबर६ श्रावण २०८१, आईतवार १५:३१ मा प्रकाशित (२ महिना अघि) १६९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गएको असार १७ गते आफ्नो पार्टी र नेकपा (एमाले) बीच भएको सातबुँदे सहमतिको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले एमाले पनि सहमति कार्यान्वयनमा दृढ रहनेमा आफू विश्वस्त रहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अरू दलसँग पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीका अनुसार सहमतिका बुँदा यस्ता छन् :

१. आमजनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने।

२. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ हुनासाथ अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्षका जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूल कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने।

३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने। बाह्य लगानीलाई प्रोत्साहित गरी मुलुकभित्र पर्याप्त र मर्यादित लगानी सिर्जना गर्ने।

४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकारका गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसीरमा हुने आमनिर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने।

५. राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकारका आधार र न्यूनतम कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने।

६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने।

७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने तथा जनभावना अनुरूप प्रदेश तथा स्थानीय तहमा विकास निर्माणको कामलाई तीव्रता दिने।
जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्धद्दघढद्ध