आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन शशांक कोइरालाको आग्रह

गोकर्णेश्वर खबर२ श्रावण २०८१, बुधबार १५:१७ मा प्रकाशित (३ महिना अघि) ७२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् ।

बुधबार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री कोइरालाले आफूले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहेको बताएका हुन् । उनले महिलाहरूमा समाजलाई डोर्‍याउन सक्ने क्षमता हुने बताए । उनले महिलाहरूलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको बताए ।

नेता कोइरालाले आफूले अहिलेसम्म चार पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरूको साथ र सहयोगकै कारण जितेको बताए । उनले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए । कोइरालाले महिलाहरूलाई देशको नेतृत्व गर्न सक्ने गरी सक्षम बन्न आग्रह गरे ।