आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

शान्तिदीपले गर्‍यो तिलोत्तमा गौशालामा दानापानी सहयोग

गोकर्णेश्वर खबर२ श्रावण २०८१, बुधबार १३:२९ मा प्रकाशित (३ महिना अघि) ११७ पाठक संख्या

रुपन्देही । पछिल्लो समय मेलापर्वदेखि जन्मदिन,विवाह,वैवाहिक वर्षगाँठ लगायतका कार्य खर्चीलो र भड्किलो हुँदै गएका छन् । मान्छेसँग पैसा भन्दा पनि देखाउँने होडबाजीले सकिनसकि पार्टी प्यालेस,होटल रेष्टुरेण्टमा खर्च गर्ने परिपाटी बढ्दो छ ।नेपाली समाजलाई आफ्नो सभ्यता,संस्कृती भन्दा पनि पाश्चात्य संस्कृतीले गाज्दो छ ।तर समाजमा सबै एकै प्रकारका मान्छे हुन्छन् भन्ने हुँदैन् समाज परिवर्तन र आफ्नो धर्म सभ्यता,संस्कृती बचाउँनुपर्छ भनेर लाग्ने मान्छे पनि कैयौं छन् । त्यस्तै समाजसेवा मार्फत आफ्नो कर्म गर्दै आएका लायन्स क्लव अफ बुटवल शान्तिदिपका कोषाध्यक्ष लायन्स सतिस आचार्य र जिएम ए कोअर्डिनेटर लायन्स मिलन पाण्डेले आफ्नो जन्मदिनलाई पुण्य कमाउँने कार्यमा सरिक गराएका छन् । जन्मदिनमा गरिने खर्च लाई लायन्स क्लव शान्तिदिप मार्फत मंगलबार तिलोत्तमा नगरपालिका ८ स्थित तिलोत्तमा गौशालामा एक कार्यक्रम गरि गाईवस्तुलाई दानापानी खुवाएका छन् ।

शान्तिदिपको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष विशाल पन्थीले गरेका थिए । कार्यक्रममा प्रमुख अथिति जिल्ला ३२५ पि का जिएसटि कोअर्डिनेटर आशिष कृष्ण श्रेष्ठ,बिशिस्ट अतिथि जिएमए कोअर्डिनेटर लायन मिलन पाण्डे,एरिया चारका एरिया चिफ लायन्स दिपक प्रसाद श्रेष्ठ , सचीव लायन्स अमृता कार्की पौडेल , लायन्स नितु श्रेष्ठ , रिजन चेयर पर्सन तथा सँस्थापक अध्यक्ष लायन्स बाबुराम खनाल , जोन चेयर पर्सन लायन्स शेष नारायण बस्याल , पुर्ब अध्यक्ष लायन्स चेतन भण्डारी,गौशाला संरक्षक श्याम अधिकारी लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लायन्स शान्तिदीपले देखाएको सक्रियता र कामको प्रशंसा गरिएको थियो भने गौशालाका संरक्षक अधिकारीले गाईको धार्मिक तथा सांस्कृतिक महत्वकोबारे प्रकाश पारेका थिए ।

क्लबका अध्यक्ष विशाल पन्थीले आगामी दिनमा पनि क्लबका साथीहरू बिच अन्तरक्रिया तथा समन्वय गरेर यस्ता खर्चहरुलाई परोपकारको क्षेत्रमा लगाउन सके समाजमा पनि राम्रो सन्देश जाने र वास्तविक सेवा समेत हुने बताए ।उनले आफ्नो नेतृत्वमा रहेको शान्तिदीपलाई उत्कृष्ट क्लब बनाउने प्रयासमा आफू रहेको बताए । आगामी दिनमा पनि क्लबका सबै पदाधिकारी,सदस्यताहरुको यस्तै साथ समर्थन रहनेमा विश्वस्त छु ,म एक्लैले गर्छु भनेर हुँदैन सबैले मिलेर टिमओर्कमा काम गरियो भने १ वर्षमा क्लबलाई उत्कृष्ट बनाउँन सकिन्छ उनले भने समाजसेवा देखावटी नभई वास्तविकतामा गर्नुपर्छ । अझ हाम्रो क्लब चिरपरिचित ठाँउमा होइन जो वास्तविक पीडित छ,जो पहुँच बाहिर छ, कुना कन्दरामा ओझेलमा छ त्यस्ता व्यत्ति तथा समुदायमा क्लबका गतिबिधि पुर्याउनुपर्छ ।

कोषाध्यक्ष लायन्स सतिस आचार्यले आफूले जन्मदिनमा कुनै तडकभडक भन्दा पनि वेसाहारा जीवन जिइ रहेका गाईबस्तुहरुलाई एक छाक खान खुवाउँन सके पनि पुण्य हुने ठानेर यो कार्यमा सरिक भएको बताए । उनले आफूले यो कर्म गर्न पाउँदा अत्यान्तै शान्तीको अनुभुति भएको बताए । बाटो जंगलमा छाडिएका पशुचौपायालाई एकत्रित गरेर गौशालामा राख्ने कार्य अत्यान्तै चुनौती पूर्ण छ ,गौशालामा राखेर मात्र हुँदैन उनीहरुको संरक्षण पनि उत्तीकै चुनौतीपूर्ण छ हामीले एक दिन पनि हाम्रा खर्चिला कार्य गर्नुको साटो यस्तो सेवामा समर्पित हुँदैगर्दा गाइबस्तुलाई पनि दानापानीमा राहत हुन्छ हामीलाई पनि देखावटी नभई वास्तविक सेवाको अनुभुति हुन्छ कोषाध्यक्ष आचार्यले भने

क्लबले नयाँ नेतृत्व पाएसँगै सामाजिक कर्ममा अझ सक्रियता देखाएको छ । केही दिन अघि वृक्षारोपण गरेको क्लबले मंगलबार गौशाला पुगेर गाईबस्तुलाई दानापानी खुवाएको हो ।