आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण

गोकर्णेश्वर खबर२ श्रावण २०८१, बुधबार ०८:४९ मा प्रकाशित (३ महिना अघि) १३३ पाठक संख्या

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणिकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।