आज: ६ मंसिर २०८१, बिहीबार | Thu, 21, Nov, 2024

गरिबलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबेल दिने सरकारको घोषणा

गोकर्णेश्वर खबर१ जेष्ठ २०८१, मंगलवार १८:२५ मा प्रकाशित (६ महिना अघि) २६३ पाठक संख्या

काठमाडौं । सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबेल दिने भएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा गरिब घरपरिवार पहिचानको काम सक्ने घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घर परिवारको निःशुल्क बीमा गरिने, विद्युतीय चुलो वितरण गर्ने र जमिनमुनिको पानी तान्ने ट्युबेल वितरण गर्नुपर्ने बताउनु भएको हो ।