आज: ३० आश्विन २०८१, बुधबार | Wed, 16, Oct, 2024

जब तामाङको आत्मसम्मानमा चोट पुग्छ तब जन्मन्छ “तामाङ दाइ”

गोकर्णेश्वर खबर२० पुष २०८०, शुक्रबार १५:५४ मा प्रकाशित (९ महिना अघि) २४९ पाठक संख्या

काठमाडौं । चर्चित गायक तथा संगितकार उर्गेन दोङको ‘ तामाङ दाइ’ बोलको गीत रिलिजको तयारीमा रहेको छ ।

‘टाढा भए पनि मेरो माया गाढा छ नि’ बोलको गीतबाट नेपाली सांगीतिक बजारमा शिखर चुम्न सफल गायक तथा संगितकार दोङले तामाङ भाषा संस्कृतीसँग सम्बन्धीत तामाङ दाइ’ बोलको गीत सार्वजनिक गर्ने तयारीमा रहेका हुन् ।

उक्त गीतको शब्द संगीत गायक उर्गेन दोङ स्वयंको रहेको छ भने भिडियो निर्देश मोडल तथा निर्देशक विजय दोङको रहेको छ ।

गायक दोङले विशेषगरी तामाङको आत्मसम्मानलाई केन्द्रबिन्दुमा राखेर गीत सार्वजनिक गर्न लागेका हुन । “एकजना सोझो युवक जसले भौतिक सम्पत्ति सबै लुटिदा नि साहेर बसिरहेको हुन्छ तर जब उनको आत्मसम्मानमा ठेस पुग्ने गरि शिरमा लगाएको तामाङ टोपी समेत फालिदिन्छ अनि उ भित्रको क्रान्तिकारीपन बाहिर निस्किन्छ र कम्मरमा भिरेको खुकुरी निकालेर दुश्मनलाई छप्काउन बाध्य हुन्छ यो गीतको कथाको सार यस्तो हुनेछ” गायक दोङले भने “म तामाङ समुदायमा जन्मेको भए पनि मैले तामाङ भाषाको गीतहरु गाउने अवसर जुरेको थिएन । तामाङ समुदाय मात्रै नभएर समग्र सबै समुदायको व्यथा बोकेको एउटा कुनै सिर्जना गर्ने इच्छा पहिलैदेखि थियो, यस पटक यो गीत सार्वजनिक भएपछि मैले तामाङ गीत गाएन भन्ने गुनासो सकिन्छ जस्तो लाग्छ ”

उर्गेनको अधिकांश गीतहरु भित्र केही भाग लिरिक्स तामाङ भाषामा राख्ने गरेको छ जसको कारण उनको संगीतमा छुट्टै स्वाद पाउने गरेको दर्शकहरू बताउँछन् । विशेषगरी सुदूरपश्चिम, कर्णाली, तराई तिर कार्यक्रममा जाँदा अरु समुदायका मानिसहरूले आफ्नो गीत भित्रको तामाङ लिरिक्स गाउदा छुट्टै मज्जा आउने गरेको गायक दोङ बताउँछन् ।