आज: ५ आश्विन २०८१, शनिबार | Sat, 21, Sep, 2024

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

गोकर्णेश्वर खबर१९ पुष २०८०, बिहीबार ११:२९ मा प्रकाशित (८ महिना अघि) २८४ पाठक संख्या

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो।

यसअघि गत आइतबार राति पनि सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो।