एजेन्सी । भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश डिवाइ चन्द्रचुडले सन् २०२४ को सेप्टेम्बरसम्म विधानसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।
सोमबार संविधानको धारा ३७० हटाएको विषयलाई चुनौती दिने रिटमा सर्वोच्चले फैसला सुनाउँदै जम्मु काश्मिरमा सन् २०२४ को सेप्टेम्बरसम्म निर्वाचन गराउन आदेश दिएको हो ।
सर्वोच्चले भारत सरकारको धारा ३७० हटाउने निर्णयलाई वैध मानेको छ । सर्वोच्चले जम्मु–काश्मिरलाई विशेषाधिकार नहुने बताएको हो । (बीबीसीहिन्दी