मंसिर १९, काठमाडौँ । लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा ‘लैङ्ग हिंसा अन्त्यको सुनिस्चितता र बालबालिकामा लगानीको एक्यबद्धता’ भन्ने मुल नाराका साथ जनचेतनामूलक र्याली गरी मनाएको छ ।
अत्तरखेल महिला समाजको आयोजनामा अत्तरखेलको बुद्ध चोकदेखि वडा ८ को विभिन्न ठाँउमा परिक्रमा गरी कोण सभामा परिणत गरेका थिए । कोणसभामा बोल्दै गोकर्णेश्वर नगर उपप्रमुख लामाले हिंसा न्यूनिकरणमा महिला पुरूष दुवै सचेत हुन आवश्यक रहेको बताईन् । हिंसालाई न्यूनिकरण गराउन सामाजिक, राजनीतिक तथा आर्थिक रूपमा महिला पुरूषको सहभागीतामा समान बनाउनुपर्ने बताईन् । हिंसा रोक्नका लागि सामाजिक संघ संस्था र टोल समूहहरूले सकारात्मक सन्देशसहितको सचेतनामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरिन् ।
कार्यक्रममा पूर्व सांसद तथा संस्थाका संरक्षक कृष्ण राई, गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख तथा संस्थाकी संस्थापक अध्यक्ष सान्नानी लामा, ८ वडाध्यक्ष नन्दलाल श्रेष्ठ, वडा सदस्यहरु, विभिन्न संध संस्थाका प्रतिनिधिहरु, महिला समूहहरू र लिबर्टी स्कुलका विद्यार्थी, शिक्षक प्रतिनिधिहरूको सहभागी रहेका थिए ।