आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ का लागि तोक्यो

गोकर्णेश्वर खबर१७ मंसिर २०८०, आईतवार १६:१५ मा प्रकाशित (११ महिना अघि) १७१ पाठक संख्या

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता २३ पुसमा हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने छ ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ ।