आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

जाजरकोटमा पुन: भूकम्पको धक्का

गोकर्णेश्वर खबर२२ कार्तिक २०८०, बुधबार २२:०४ मा प्रकाशित (१ साल अघि) ४६७ पाठक संख्या

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुनस् भूकम्पको धक्का गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ।