काठमाडौं । पत्रकार सागर घिमिरेको निधन भएको छ । बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका घिमिरे शुक्रबार बिहान डिस्चार्ज भएका थिए । उनको शुक्रबार अपराह्न निधन भएको हो ।
उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो। शुक्रबार बिहान डिस्चार्ज भएका घिमिरेलाई पुनः स्वास्थ्यमा समस्या देखिएपछि दिउँसो अस्पताल लगिएको थियो ।
चिकित्सकहरूले भने उनको मुटुमा समस्या भएकाले निधन भएको जनाएका छन् ।
न्यु बिजनेस एज र रिपब्लिका दैनिकमा काम गरिसकेका पत्रकार घिमिरे हाल एएफपीमा कार्यरत थिए ।