आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय

गोकर्णेश्वर खबर१ कार्तिक २०८०, बुधबार १३:३७ मा प्रकाशित (१ साल अघि) २४४ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्कीले आज कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्।

कोशी प्रदेश सभामा एमालेका ३९ सांसद छन्। कोशी प्रदेशसभा एमाले संसदीय दलको दलको आज बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

एमालेकै समर्थनमा काङ्ग्रेसका शेखर कोइराला पक्षीय सांसद केदार कार्की पार्टी संस्थापन पक्षको निर्णय विरुद्ध बोद्रोह गर्दै ४७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

काङ्ग्रेसका ८ सांसद कार्कीको पक्षमा उभिएपछी उनी मुख्यमन्त्री बनेका हुन्।