आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

दसैंका लागि सार्वजनिक यातायातको अग्रिम बुकिङ सोमबारदेखि खुल्ने

गोकर्णेश्वर खबर२० आश्विन २०८०, शनिबार ०७:०८ मा प्रकाशित (१ साल अघि) १४५ पाठक संख्या

काठमाडौं । दसैं नजिकिएसँगै सरकारले आउँदो सोमबारदेखि सार्वजनिक यातायातको अग्रिम बुकिङ खुला गर्ने भएको छ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले सोमबारदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।

अग्रिम बुकिङ खुला गर्ने निर्णय भएपनि हेल्प डेस्क, सवारी भाडा कति राख्ने, कुनकुन रूटमा सवारीसाधन कति चलाउने भन्नेबारेमा छलफल जारी छ।

यसबारे अहिले यातायात व्यवस्था विभागमा छलफल भइरहेको सिटौलाले बताए।