आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

अछाम पुगेका माओवादी सचिव आचार्यलाई माइनर हर्ट अट्याक,काठमाडौं ल्याउने तयारी

गोकर्णेश्वर खबर१७ आश्विन २०८०, बुधबार १५:०५ मा प्रकाशित (१ साल अघि) २२० पाठक संख्या

काठमाडौं । तीन महिने अभियानका क्रममा अछामको साँफेबगर पुगेका माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।

उनलाई केहीबेरमा काठमाडौं ल्याउने तयारी छ ।

आचार्यसँगै रहेका माओवादी नेता खगराज भट्टका अनुसार बुधबार बिहान एक्कासी बोली बन्द भएको थियो । ‘हामी ओल्लो पल्लो कोठामा थियौं, एक्कासी बोली बन्द भयो ।

शरीरको दाहिने भाग चलाउन गाह्रो भएपछि बयलपाटा अस्पताल लग्यौं’ भट्टले भने, ‘सिटी स्क्यान नभएका कारण हेलिकप्टरबाट नेपालगञ्ज ल्यायौं ।’

सीधै काठमाडौं ल्याउन चाहेको भए पनि मौसमले साथ नदिएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरे लगायतका परीक्षण गरिएको छ । टाउकोमा पुरानो चोट देखिएको छ ।

साथै पहिलो पटक माइनर हर्ट अट्याक भएको देखिएकाले काठमाडौं ल्याउन लागिएको छ ।