आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कस्ताे छ साेमबारकाे माैसम ?

गोकर्णेश्वर खबर१५ आश्विन २०८०, सोमबार ०६:५९ मा प्रकाशित (१ साल अघि) ६१ पाठक संख्या

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाको भनाइ छ ।

सोमबार देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।