आज: ३ बैशाख २०८२, बुधबार | Wed, 16, Apr, 2025

अनमोल केसीको बयान लिँदै प्रहरी

गोकर्णेश्वर खबर१४ आश्विन २०८०, आईतवार १५:५९ मा प्रकाशित (१ साल अघि) १११ पाठक संख्या

काठमाडौं । आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका अभिनेता अनमोल केसीको बयान लिइएको छ।

टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा आइतबार अपराह्न केसीको बयान भइरहेको प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिए।

रावायण फिल्ममा खेल्न केसीले १० लाख रुपैयाँ लिएर पछि खेल्न अस्वीकार गरेको आरोप छ।

फिल्म खेल्न अस्वीकार गरेको भन्दै फिल्मका प्रड्युसरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए।

जाहेरी दिएपछि कार्यालयको टोलीले गत शुक्रबार केसीलाई पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतमा म्याद थप गर्नुअघि प्रहरीले उनीसँग बयान लिइरहेको हो।

‘बयान गराउँदैछौं, प्रहरी परिसरमै बयान भइरहेको छ। बयान सकेर प्रमाणित गराइन्छ। त्यसपछि म्याद थपका लागि लग्छौं,’ ढुंगेलले भने।

प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हुँदा अदालतबाट हिरासतमा राख्न अनुमति लिइसकेको छैन।

पक्राउ परेकै राति केसीलाई महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो।