आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ : शिक्षामन्त्री राई

गोकर्णेश्वर खबर१४ आश्विन २०८०, आईतवार १५:४६ मा प्रकाशित (१ साल अघि) १२९ पाठक संख्या

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्न खोजिएको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्दै मन्त्री राईले शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्न खोजिएको बताएका हुन्।

‘शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्नुपर्छ,’ उनले भने, ‘मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ। तर आस्थाका कारण पठनपाठनलाई प्रभावित पार्न हुन्न, शिक्षाको गुणस्तरलाई प्रभावित पार्न हुन्न।’

शिक्षकले राजनीतिक पार्टीको सदस्यता लिएर भोट माग्ने काम गर्न नहुने उनले बताए। ‘ट‍्रेड युनियन अधिकारअनुसार उहाँहरू संगठित हुन पाउने गरी शिक्षक महासंघको व्यवस्था गरिएको छ,’ उनले भने।

शिक्षा विधेयकमा शिक्षकलाई राजनीतिक दल र आबद्ध भ्रातृ संस्थाको सदस्ता लिन नपाइने प्रस्ताव गरिएको छ।