आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

थुनामुक्त भएको २ दिनपछि ओली भेट्न बालकोट पुगे सांसद शर्मा

गोकर्णेश्वर खबर२८ श्रावण २०८०, आईतवार १४:०२ मा प्रकाशित (१ साल अघि) ९९ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच आइतबार भेट भएको छ । शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आइतबार विहान ९ बजे उनको निवास बालकोट पुगेका थिए ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए ।

थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए । शनिबार एक अन्तर्वार्तामा उनले आफूले आइतबार ओलीसँग भेट्ने तय भएको पनि बताएका थिए ।

शर्माले १० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।