आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

कस्ताे छ बुधबारकाे माैसम ?

गोकर्णेश्वर खबर२४ श्रावण २०८०, बुधबार ०७:३२ मा प्रकाशित (१ साल अघि) ३०९ पाठक संख्या

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभर बदली रहनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। “मनसुन न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले केही दिनलाई देशभर बदली भई वर्षा हुने देखिन्छ ।”, उहाँले भन्नुभयो । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

“नेपालमा मनसुनी वायुका साथै भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।”, मौसमविद् लामिछानेले भन्नुभयो, “पछिल्लो एक घन्टादेखि देशभर बदली रहनुका साथै धेरै स्थानमा वर्षा भइरहेको छ ।” उहाँका अनुसार कोशी, मधेस, बागमती, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेस तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।