काठमाडौं । शक्तिशाली राष्ट्र अमेरिकाले महिलालाई पहिलो पटक ९ सेनाको प्रमुख बनाएको छ । राष्ट्रपति जो बाइडेनले नौसेनाको प्रमुखमा महिलालाई चयन गर्नुभएको हो ।
रक्षामन्त्री ललोइड अस्टिनले पेश गरेका विभिन्न विकल्प मध्ये राष्ट्रपति बाइडेनले एडमिरल लिजा फ्राञ्चेटीलाई नौसेना प्रमुखका लागि छनौट गर्नुृभएको हो । नौ सेना प्रमुखमा फ्राञ्चेटी निश्चित भएपछि उहाँ अमेरिकी सेनाको संयुक्त सेना प्रमुख सदस्य हुने पहिलो महिला बन्नुभएको छ ।
सन् १९८५ मा अमेरिकी सेनाको कमीशनर रहनु भएकी फ्राञ्चेटी हाल नौसेनाको अपरेसन उपप्रमुख हुनुहुन्थ्यो । फ्रानचेट्टीले अमेरिकी नौसेनाको कोरिया कमाण्डर, संयुक्त स्टाफको रणनीति, योजना र नीति निर्देशकको रूपमा पनि काम गरिसक्नु भएको छ ।