आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

विदेशी च्यानल आजदेखि बन्द

गोकर्णेश्वर खबर१ श्रावण २०८०, सोमबार १६:४४ मा प्रकाशित (१ साल अघि) १५५ पाठक संख्या

काठमाडौं । सशुल्क प्रसारण हुने सबै विदेशी च्यानल आज देखि बन्द भएको छ ।

सरकारले साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागे बमोजिम वितरकले च्यानलको प्याकेज उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द गरिएको सूचना तथा प्रसारण विभागले जनाएको छ ।

विभागका अनुसार उपभोक्ताको हितका लागि ल्याइएको शुल्कको प्रावधानलाई वितरकले बेवास्ता गरेपछि यस्तो स्थिति आएको हो । विभागले उपभोक्ताले जति च्यानल हेर्छन् त्यति नै वापतको शुल्क मात्र लगाउन पाउने व्यवस्था गरे पनि वितरकले कार्यान्वयन गर्न अस्वीकार गर्दै आएका छन् । भारतीय सःशुल्क ९पे० टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘आला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगर्ने बताएपछि विभागले सम्बद्ध सबैलाई सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको छ ।

भारतीय च्यानलको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको मूल्य तोक्ने र प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने मान्य नहुने जानकारी गराएको छ । यसको प्रतिक्रिया स्वरुप सरकारले विदेशी च्यानलको प्रसारण रोकिने अवस्था आएको जानकारी दिएको हो ।