आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

दुर्गा प्रसाईंले दिए पत्रकारलाई ज्यान मार्ने धम्की, महासंघको आपत्ति

गोकर्णेश्वर खबर३० असार २०८०, शनिबार १७:४४ मा प्रकाशित (१ साल अघि) १७० पाठक संख्या

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ।

पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ।

समाचारको विषयलाई लिएर प्रसाईंले टेलिफोनमार्फत फोन गरी धम्की नदिएकोले महासंघले जनाएको हो। ९८०१०५२२२२ नम्बरबाट फोन गरेर पत्रकार पौडेललाई धम्की दिएको महासंघका सचिव रामहरि कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ, तिमीले मलाई चिनेका छैनौँ, मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ, धेरैलाई मैले सिध्याएको छु, मलाई कसैले पनि जित्न सक्दैनन्, बुझ्यौ भाइ, मेरा पछाडि हजारौं मान्छे छन्, भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छरु’

समाचारमाथि चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदाहुँदै प्रसाईंले ज्यान मार्ने धम्की दिने शक्ति कहाँबाट पाए, भन्दै महासंघले सम्बन्धित निकायसँग यसको जवाफ समेत माग गरेको छ।