आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

राष्ट्रपति पौडेलले दिए टेलिफोन गरेर प्रधानमन्त्री प्रचण्डलाई समवेदना

गोकर्णेश्वर खबर२७ असार २०८०, बुधबार १२:२६ मा प्रकाशित (१ साल अघि) १५४ पाठक संख्या

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् ।

उनले दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सीताको आज बिहान ८ : ३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।