आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरोध गरेपछि भोलिसम्मका लागि स्थगित

गोकर्णेश्वर खबर२१ असार २०८०, बिहीबार १४:४२ मा प्रकाशित (१ साल अघि) २५२ पाठक संख्या

काठमाडौं । एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै एमालेले सदन अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले भोलिसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बोलेको विषयमा स्पष्ट पार्नका लागि वातवरण बनाउन अध्यक्ष तिमल्सिनाले एमाले सदस्यहरूलाई आग्रह गरे पनि नमानेपछि बैठक स्थगित गरिएको हो ।

प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा पटक पटक गएको भनि दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै एमालेले दुवै सदन अवरुद्ध गर्दै आएको छ ।