आज: १ बैशाख २०८२, सोमबार | Mon, 14, Apr, 2025

काठमाडौंको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

गोकर्णेश्वर खबर१० असार २०८०, आईतवार १३:४९ मा प्रकाशित (१ साल अघि) १२२९ पाठक संख्या

काठमाडौंमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको हो।

सोही नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

पौडी खेल्ने क्रममा डुबेर अचेत फेला परेका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

साथै पौडी खेल्ने क्रममा अर्का एक जना युवक पनि डुबेका थिए। १९ वर्षीय सुरेन्द्र दाहालको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ।