आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच बालुवाटारमा भेटवार्ता

गोकर्णेश्वर खबर७ असार २०८०, बिहीबार १३:१४ मा प्रकाशित (१ साल अघि) १२४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ।

बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी एकताबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल केन्द्रित रह्यो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘माओवादी आन्दोलनको उपलब्धीको रक्षाका लागि पार्टी एकता गर्नेबारे पनि कुराकानी भयो।’

पछिल्लो समय आन्दोलनका उपलब्धीको रक्षाका लागि माओवादी घटकबीच एकताका लागि छलफल अगाडि बढेको बताइएको छ।