आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

गोकर्णेश्वर खबर६ असार २०८०, बुधबार १९:१० मा प्रकाशित (१ साल अघि) ६८ पाठक संख्या

काठमाडौं । उच्च अदालत, पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

३२ जेठदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।