आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

बालेनलाई लक्षित गर्दै सञ्चारमन्त्री शर्माले भनिन् :आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ,स्टन्ट गर्ने होइन

गोकर्णेश्वर खबर६ असार २०८०, बुधबार १६:०० मा प्रकाशित (१ साल अघि) १२७ पाठक संख्या

काठमाडौं .भारतीय फिल्म ‘आदिपुरुष’मा रहेको संवादलाई लिएर हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका काठमाडौं महानरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै सूचना, प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले क्षेत्राधिकार बुझ्नुपर्ने बताएकी छिन्।

भावनात्मक रुपमा सीता नेपालकी छोरी रहेको कुरामा प्रष्ट भए पनि मूल प्रिन्टमा संशोधन गर्ने कुटनीतिक पहल आवश्यक भएको उनले बताइन्।

उनले भनिन्, ‘भावानात्मक रुपले एकै ठाउँमा छौं। तर, आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ। स्टन्ट गर्ने होइन, भावनात्मक रुपले मनोविज्ञानमा खेल्नेभन्दा दीर्घकालीन समाधान खोज्नुपर्छ। कुटनीतिक सम्बन्ध कायम गर्नुपर्छ।’

उनले आफ्नो मन्त्रालय मातहतमा रहेको सेन्सर बोर्ड जसले सीता भारतीय छोरी रहेको आशयको संवाद हटाएर प्रदर्शन अनुमति दिएको बताइन्। मूल प्रिन्टबाटै हटाउने विषयमा पहल गर्ने परराष्ट्र मन्त्रालयलाई लेखिपठाएकोसमेत उल्लेख गरिन्।

मेयर शाहले उक्त आशयको संवाद हटाउन चेतावनी दिँदै काठमाडौंका हलहरुमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका छन्।