काठमाडौं । माइतीघर मण्डलमा नागरिकता माग्दै धर्नामा बसेका युवकले आत्मदाहको प्रयास गरेका छन्।
७ दिनदेखि धर्नामा बसेका २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिए।
काठमाडौं जिल्लाका जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले उनको स्वास्थ्य परीक्षणको लागि ट्रमा सेन्टर लगिएको बताए।
‘युवकको अवस्था समान्य छ, नजिकै प्रहरी भएकाले तत्काल रोक्न सक्यौं,ʼ प्रवक्ता रिजालले भने।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको थियो। तर हेर्न नभ्याइने भएपछि उनले उक्त कदम चालेको बताइएको छ।