आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

शरणार्थी प्रकरणबारे ओलीलाई विश्वप्रकाशको जवाफ : हामी न्यायधीश होइनौं,यहाँबाट फैसला सुनाउन

गोकर्णेश्वर खबर१३ जेष्ठ २०८०, शनिबार १८:२२ मा प्रकाशित (१ साल अघि) ११८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्ट्रमबाट बोलेको कुरामा विरोध जनाएका छन्।

शनिबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै शर्माले भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भन्ने ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

उनले को दोषी र को निर्दोष भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले कोही अमुक ब्यक्ति दोषी, निर्दोष रहेको कुरा रोष्ट्रमबाट फैसला सुनाउन नहुने बताए।

रोष्ट्रममा उभिएर नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्दै गर्दा राख्नुभएको अन्य कुरामा समर्थन जनाउँला। दोषीलाई उम्काउन खोजिँदैछ भन्ने आशंकामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला, उनले भने, निर्दोष फसाउन खोसियो भन्ने वाक्य उल्लेख गरियो। को दोषी, को निर्दोषी नेपाल प्रहरीले छानविन गर्दैछ। हामी न्यायधीश होइनौं यहाँबाट फैसला सुनाउन।

उनले सरकारले भ्रष्टाचारको फाइल खोलेको बेला सत्तापक्ष र प्रतिपक्ष दुबैले साथ दिनुपर्ने पनि बताए।

सरकारलाई साथ दिने समय हो। भ्रष्टाचारको फाइल खोलेको सरकारलाई बधाई छ भन्ने बेला हो। यो समय सरकार बाहिर रहेको दलले पनि सरकारलाई सहयोग गर्ने समय हो। सरकारलाई दिएको समर्थन फिर्ता लिने समय होइन, उनले भने।