आज: ७ मंसिर २०८१, शुक्रबार | Fri, 22, Nov, 2024

काभ्रे तेमालमा उर्मती एशोसियसनबाट न्यानो कपडा वितरण 

गोकर्णेश्वर खबर२८ चैत्र २०७९, मंगलवार २२:५१ मा प्रकाशित (१ साल अघि) ११४ पाठक संख्या

२८ चैत, काठमाडौं । उर्मती एशोसियसन फ्रान्सले काभ्रेका २ विद्यालयमा ४ सय ५० विद्यार्थीलाई न्यानो स्विट्टर वितरण गरेको छ । उर्मती एशोसियसन फ्रान्सका अध्यक्ष एंव समाजसेवी पासाङ डोल्मु लामाले स्विट्टर वितरण गरेकी हुन् । शिशु कक्षा देखी कक्षा १२ सम्मका विद्यार्थीहरुलाई न्यानो स्विट्टर वितरण गरिएको हो ।

काभ्रेको तेमाल गाउँपालिका १ मा रहेका जनचेतना उच्च मा.वि. र वडा नं २ को सर्वद्वार मा.वि. का ४ सय ५० विद्यार्थीलाई न्यानो स्विट्टर वितरण गरिएको हो । जनचेतना उच्च मा.वि का २ सय ७४ जना र सर्वद्वार मा.वि का १ सय ७६ विद्यार्थीहरुलाई स्विट्टर वितरण गरिएको छ ।

उर्मती एशोसियसन फ्रान्सकी अध्यक्ष लामाले देशका कर्णधार विद्यार्थीहरुलाई देशको सक्षम नागरिकको रुपमा आफूले देख्न चाहेको आशा गर्दै सरकारी विद्यालय र निजी विद्यालयविच सन्तुलन कायम नहुदा विभेद बढेको बताइन् ।

यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेकोमा उर्मती एशोसियसन धन्यवाद दिए । उनले पालिकावासीलाई अनुभुति हुने गरि शैक्षिक क्षेत्रमा सुधारका काम गर्ने बताए ।

कार्यक्रमलाई वडा नं १ का वडा अध्यक्ष ईन्द्र प्रसाद अधिकारी, जनचेतना उच्च मा.वि का प्रध्यानाध्यापक ध्रुव प्रसाद पाण्डेले सम्बोधन गर्दै कपडा वितरण गरेकोमा उर्मती एशोसियसन धन्यवाद दिए ।

तेमाल गाउँपालिका २ मा जन्म भएकी पासाङ डोल्मु लामाले आफूले सानै उमेरमा आमा गुमाउनु परेकोमा आमाको सम्झनामा उर्मती एशोसियसन नामक संस्था संचालन गरी बालबालिकाहरुका लागि सहयोग गर्दै आएकी छिन् ।