२६ चैत, काठमाडौं । वाग्मती प्रदेशमा नेपाली कांग्रेसबाट तीर्थ लामा मन्त्री हुने भएका छन् । तीर्थ लामाले बाग्मती प्रदेशको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रको जिम्मेवारी पाउने भएका छन् । वागमति प्रदेश सभा सदस्य लामा कांग्रेसका काभ्रे जिल्ला सभापति समेत हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुन लागेको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने गरी तयारी गरेका छन् ।
लामो समयको छलफलपश्चात नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागी हुने निश्चित भएसँगै सरकार विस्तार हुने भएको हो ।
नवनियुक्त मन्त्रीहरूको साढे ६ बजे शपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । यसैगरी प्रदेश संसदीय दलका नेता बहादुरले आर्थिक मामिला तथा योजना मन्त्री हुने छन् ।