आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

उपनिर्वाचनको लागि भोलीदेखि आचारसंहिता लागु

गोकर्णेश्वर खबर२३ चैत्र २०७९, बिहीबार १६:५९ मा प्रकाशित (२ साल अघि) १५४ पाठक संख्या

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु हुने भएको छ।

शुक्रबारदेखि उक्त आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने उनले बताए।

वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २मा उपनिर्वाचन हुँदैछ।