आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

कांग्रेसले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने, वैठक १० गते हुने 

गोकर्णेश्वर खबर८ चैत्र २०७९, बुधबार १७:२९ मा प्रकाशित (१ साल अघि) ९० पाठक संख्या

८ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने सर्वसम्मत निर्णय गरेको छ ।

जम्मकट्टेललाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्न कांग्रेसको बैठक बसेको थियो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिने कार्यक्रम थियो ।

तर नेपाली कांग्रेसले विश्वासको मत दिने या नदिने भन्नेबारे तत्काल निर्णय गर्न नसक्दा ३ बजे बोलाइएको प्रदेश सभा बैठक अनिश्चित बनेको थियो ।

आज ३ बजे बोलाइएको बैठक १० गतेका लागि बस्ने गरी सारिएको बुझिएको छ । यद्यपि संसद सचिवालयले भने आधिकारिक सूचना भने जारी गरेको छैन ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा बागमती प्रदेश सभा नियमावली २०७४ को नियाँ १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव ३ बजे पेश गर्नु भन्दै प्रदेश सभा सचिवालयले सूचना जारी गरेको थियो ।