आज: ८ बैशाख २०८२, सोमबार | Mon, 21, Apr, 2025

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

गोकर्णेश्वर खबर६ चैत्र २०७९, सोमबार १०:४० मा प्रकाशित (२ साल अघि) ७२ पाठक संख्या

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।