आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

६३ यात्रु बोकेर काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो

गोकर्णेश्वर खबर४ चैत्र २०७९, शनिबार १०:०५ मा प्रकाशित (१ साल अघि) ३३ पाठक संख्या

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ।

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ।

जहाज स कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ।

जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।

६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ।