आज: ८ बैशाख २०८२, सोमबार | Mon, 21, Apr, 2025

आज ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईदैं

गोकर्णेश्वर खबर७ फाल्गुन २०७९, आईतवार ११:३२ मा प्रकाशित (२ साल अघि) ३४७ पाठक संख्या

७ फागुन, काठमाडौं । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस आइतबार मनाइएको छ। हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ। सोही अनुसार आज सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो।

आज विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइँदैछ। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू सहभागी थिए।

आज देशभर २००७ सालमा प्रजातन्त्र स्थापना भएको दीनको सम्झनामा विभिन्न कार्यक्रम गरि मनाईन्छ । आजैका दिन १०४ वर्षे जहानिया राणा शासन समाप्त भई देशमा प्रजातन्त्र आएको थियो ।