आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

कांग्रेसले प्रतिपक्षी दलको सुविधा पाउने/नपाउने मुद्दाको सुनुवाइ आज 

गोकर्णेश्वर खबर२५ माघ २०७९, बुधबार ०९:०४ मा प्रकाशित (१ साल अघि) ७६ पाठक संख्या

२५ माघ, काठमाडौँ । नेपाली कांग्रेसलाई प्रतिपक्षी दलको सुविधा नदिन मागगर्दै सर्वोच्च अदातलमा परेको रिटको बुधाबार सुनवाइ ‍हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई संसदमा विश्वासको मत दिएको कांग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएको हो।

अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध दिएको सो रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी हुन्।

उक्त रिटको आज माघ २५ गते पहिलो पेशी तोकिएको हो। यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।